केआईआईटीले नेपाली विद्यार्थी र जनतासँग माग्यो माफी

काठमाडौँ । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यवहारको घटनामा माफी मागेको छ । क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि हामी दुःखी छौं । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौँ र उनीहरूलाई कहिल्यै कुनै हानि पुर्याएका छैनौँ ।’
दुई अधिकारीहरूले विद्यार्थीहरूको बारेमा गरेको टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको भन्दै ती टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिक रूपमा गरिएको उनको भनाई छ । त्यसलाई क्याम्पसले समर्थन नगर्ने विज्ञप्तिमा भनिएको छ । उनीहरूलाई क्याम्पसबाट निलम्बन गरेको जानकारी दिँदै उनीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागिसकेको सिंहले बताएका छन् ।
पत्रमा भनिएको छ, ‘हामी पनि सबै कुराको लागि माफी चाहन्छौं र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौँ ।’
उनीहरू (नेपाली विद्यार्थी)लाई भारतीय जस्तै माया गरेको उल्लेख गर्दै उनीहरूलाई तुरुन्तै नियमित अध्ययनमा सामेल हुन पत्रमार्फत अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन