भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको सम्बन्धमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका छन् । रुपन्देहीकी लम्सालको ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो ।
उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुर्व्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ ।
सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाइका हुन् ।
आकस्मिक समयमा ९ सांसदले धारणा राखेकामा प्रभु साह र डा. तोसिमा कार्की बाहेकले लम्सालको मृत्युबारे कुरा उठाएका हुन् ।
सांसदहरु ठाकुर गैह्रे, मनिष झा, ध्रुवबहादुर प्रधान, माधव सापकोटा, छविलाल विश्वकर्माले लम्सालको मृत्युबारे कुरा उठाए । उनीहरूले क्याम्पसका प्रशासकहरूको नेपालीप्रति बोलिएको भाषा र व्यवहार आपत्तिजन्य भएको र नेपाल र नेपालीप्रति गरिनुपर्ने न्यूनतम व्यवहार पनि नदेखाएका बताए ।
सांसद माधव सापकोटाले लम्सालको मृत्युसम्बन्धी घटनाको न्यायोचित छानबिनको माग गरे । उनले यसबारे आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको समेत बताए ।
साथै उनले सरकारलाई उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमाल भन्छन्, ‘व्यक्ति खराब हो कि व्यवस्था’ सोच्नुपर्ने अवस्था आयो’
-
शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो
-
सात जिल्लामा आगलागी, लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट
-
क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
यौन उत्पीडनको आरोप लागेका पूर्व कोरियाली सांसद मृत भेटिए