प्रकृतिका लागि न्याय माग्दै अनेरास्ववियु (क्रान्तिकारी) को प्रदर्शन, तस्बिरहरू

काठमाडौँ । भारतमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको लागि न्याय माग्दै अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विभिन्न प्लेकार्ड र नारासहित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्।
लम्साल मृत्युसम्बन्धी घटनामा उनी अध्ययनरत ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरूलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ । यस्तै थप दुई जना सेक्युरिटी कर्मचारीलाई बर्खास्त गरिएको छ ।
विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको विश्वविद्यालयले जानकारी दिएको छ ।
भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको विश्वविद्यालयको होस्टलमा लम्साल मृत फेला परेकी थिइन् । यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन