रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित
मङ्गलबार, ०६ फागुन २०८१, १३ : १३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
सहकारी ठगी प्रकरणमा उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको छ । अदालतमा आज उनको पहिलो तारेख रहेको बताइएको छ ।
यसअघि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दाको थुनछेक आदेश आएपनि सुनुवाइ भने जारी छ ।