कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेका थिए ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै पासवानले रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेको समेत बताए । उनले कुटपिट गरिएको प्रति घोर आपत्ति जनाउँदै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरे । उनले भने, ‘यो कुटपिटको घोर भर्त्सना गर्दछु । र यी वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गर्दछु ।’
उनले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले घटनाबारे आवश्यक अनुसन्धान गरी नेपाली विद्यार्थीलाई अलपत्र पार्ने काम गरेको विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न कूटनीतिक पहल गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा