सामाजिक सञ्जाल विधेयक अस्वीकार्य : एनपी साउद

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको सामाजिक सञ्जाल विधेयक अस्वीकार्य रहेको बताएका छन् । सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि नियमनका नाममा अङ्कुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने साउदले बताए ।
नेपाल प्रेस युनियनले मंगलबार काठमाडौँमा गरेको कार्यक्रममा उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै पनि कदमविरुद्ध आफू उभिने बताएका हुन् ।
‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ । तर, नियमनका नाममा अङ्कुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन, साउदले भने, ‘पत्रकारका आवाजहरू बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ ।’
साउदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पत्रकारको भएको बताए ।
नेपाल प्रेस युनियन जिम्मेवार बनेर अन्य सङ्गठनका पत्रकारले पनि सिक्ने अवसर पाउने नेता साउदको भनाइ थियो ।
नेता साउदले संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत