शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

फेरि क्रिकेट मैदानमा ओर्लँदै सचिन तेन्दुलकर, युवराज सिंह र कुमार सांगाकारा

मङ्गलबार, ०६ फागुन २०८१, १२ : ४७
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडाैँ ।  आफ्नो समयका प्रभावशाली खेलाडी सचिन तेन्दुलकर सक्रिय खेलजीवनबाट सन्न्यास लिएको लामो समयपछि पुनः क्रिकेट मैदानमा ओर्लने भएका छन् । उनी इन्टरनेशल मास्टर्स लिग टी–२० खेल्ने मैदानमा ओर्लन लागेका हुन् । 

इन्टरनेशनल मास्कटर्स लिग टी–२० फेब्रुअरी २२ तारिखदेखि भारतमा सुरु हुँदै छ । प्रतियोगितामा भारतका अतिरिक्त श्रीलङ्का, वेस्ट इन्डिज, अस्ट्रेलिया, दक्षिण अफ्रिका र इङ्गल्यान्डको सहभागिता रहने समाचारमा जनाइएको छ । 

आगामी मार्च १६ तारिखसम्म चल्ने इन्टरनेशनल मास्कटर्स लिगमा सचिन तेन्दुल्करका अतिरिक्त कुमार सांगाकारा, केभिन पिटर्सनलगायतका चर्चित पूर्वखेलाडीको पनि सहभागिता रहने छ । सचिनले भने भारतीय टोलीको कप्तानी गर्ने बताइएको छ । 

भारतीय टोलीमा सचिनका अतिरिक्त सुरेन रैना, युवराज सिंह, इरफान पठान, युसुफ पठानलगायतका स्टार क्रिकेटरको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेल भारत र श्रीलङ्काबिच खेलिने छ । उक्त खेल मुम्बईमा हुनेछ । खेल नेपाली समयअनुसार, राति १७ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो खेल फेब्रुअरी २४ तारिखमा वेस्ट इन्डिज र अस्ट्रेलियाबिच खेलिने छ । लिग चरणको समाप्तिपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल मार्च १६ तारिखमा खेलिने छ । 

सचिन अन्तिम पटक सन् २०२२ को अक्टोबरमा क्रिकेट खेल्न मैदानमा ओर्लिएका थिए । त्यतिबेला उनले रोड सेफ्टी वल्र्ड सिरिजको फाइनल खेलेका थिए । त्यो प्रतियोगिताको फाइनलमा भारत र श्रीलङ्काबिच भिडन्त भएको थियो ।

फाइनलमा सचिनलाई श्रीलंकाली बलर नुवान कुलशेकराले गोल्डेन डकको शिकार बनाएका थिए । उक्त खेलमा भारतीय टोली ३३ रनले विजयी भएको थियो । 

आगामी इन्टरनेशनल मास्कटर्स लिगका लागि घोषित भारतीय टोलीमा सचिन तेन्दुलकर (कप्तान), सरेश रैना, अम्बाती रायडु, गरकिरतसिंह मान, युवराज सिंह, स्टुअर्ट बिन्नी, युसुफ पठान, इरफान पठान, पवन नेगी, नमन ओझा (विकेटकिपर), अभिमन्यु मिथुन, धवल कुलकर्णी, राहुल शर्मा, शहबाज नदिम र विनय कुमार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप