विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो : सांसद विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै विश्वकर्माले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरूलाई कलेज र होस्टेलबाट निकालिएको भन्दै दुःख व्यक्त गरे। उनले प्रकृति लम्सालले आफूमाथि दुर्व्यवहार भइरहेको रिपोर्ट गरेको भए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गर्दा यस्तो घटना भएको बताउँदै उक्त घटनामा संलग्न अपराधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘आज दुःखका साथ भन्नु परिरहेको छ कि यो देशको स्वाभिमान निहुरिएको छ । र सम्पूर्ण नेपालीको स्वाभिमानमाथि फेरि विदेशी भूमिमा धावा बोलिएको छ । भारतको ओडिशा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको जुन शंकास्पद रूपमा होस्टेलमा मृत शरीर फेला पर्यो । त्यसलाई लिएर त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले प्रशासनलाई दबाब हाले । त्यो दबाब स्वरूप प्रशासनले सत्यतथ्यको छानबिन गर्नुको बदला विद्यार्थीलाई रेस्टिकेट गर्ने, होस्टेल र कलेजबाट निकाल्ने र उनीहरूलाई बसमा राखेर रेलवे स्टेसनमा छोड्ने काम भयो । यो अत्यन्तै दुःखद घटना हो । लम्सालले रिपोर्ट गर्दा समेत त्यहाँको प्रशासनले कुनै पनि सुरक्षाको प्रत्याभूति गरेन । त्यसको फलस्वरूप उनको मृत्यु हुन पुगेको छ । र अहिले त्यहाँका विद्यार्थीहरूले प्रशासनलाई दबाब हाल्दाखेरि उनीहरूमाथि जुन दुर्व्यवहार भएको छ ।’
सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताइन् । उनले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताइन् । विश्वविद्यालयले घटनाको छानबिन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाइन् । यस घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइन् ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । बीटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपश्चात् विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुर्व्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिस्ट्रारले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट
-
समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठुलो विद्रोह हुन्छ : श्रेष्ठ