प्रकृति लम्सालको मृत्यु भएकाबारे छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाले भारतको ओडिसास्थीत एक कलेजमा प्रकृति लम्सालको मृत्यु भएकाबारे छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरूले प्रकृति लम्सालको मृत्यु घटनामा सरकारको ध्यानाकर्षण गराएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त घटनामा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिनका कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले उक्त घटनामा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
साथै उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित वातावरणमा निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई उनले आग्रह गरे ।त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीहरूले छानबिनको माग गर्दा कलेजबाटै निकालेको भन्दै कूटनीतिक पहलमार्फत छानबिन गर्न माग गरे ।
त्यस्तै राष्ट्रियसभा सदस्य कृष्ण बहादुर रोकायाले प्रकृति लम्सालको मृत्युका बारेमा फरक फरक धारणा बाहिर आएको भन्दै यस घटनामा कलेजले ट्वीस्ट गर्न खोजेको बताए । उक्त घटनाको छानबिनका लागि तत्काल पहल गर्न उनले माग पनि गरे ।
त्यस्तै अन्य सदस्यहरूले नेपाली विद्यार्थीमाथि भएको दमन रोक्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन