नेपाली विद्यार्थी मृत्यु प्रकरण : थप आन्दोलन नगर्ने पत्रमा हस्ताक्षर गराउँदै कलेज प्रशासन

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीलाई होस्टेल फिर्ता हुने भनेको छ । नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयका कर्मचारीहरूले होस्टेल फर्किन अनुरोध गर्दै फोन गर्दै आएका हुन् ।
होस्टेलमा फर्किने विद्यार्थीसँग भने एक कागज गराउन लागेका छन् । जसमा अबदेखि कुनै प्रकारको आन्दोलन नगर्ने सर्त राखिएको छ । कुनैप्रकारका आन्दोलनमा सहभागी नहुने, अनुशासनविपरितका कार्य नगर्ने जस्ता सर्त राखिएको कागजमा हस्ताक्षर गर्न लगाइरहेका हुन् ।
होस्टेल फर्किएर उक्त कागजमा हस्ताक्षर गर्ने नेपाली विद्यार्थीहरू प्रति विद्यार्थी २५०० रुपैयाँ दिने समेत भनेका छन् । हस्ताक्षर गर्न नमान्ने केटा विद्यार्थीहरूलाई होस्टेलमा कुटपिट समेत भइरहेको एक विद्यार्थीले बताए ।
‘ब्वाइज होस्टेलमा होस्टेलमा केही बाहिरका मान्छे आएर बसेका छन् । उनीहरूले प्रतिज्ञा फाराममा हस्ताक्षर गर्न लगाइरहेका छन् । जसले हस्ताक्षर गर्न मानिरहेका छैनन्, उनीहरूलाई कुटपिट गरिरहेका छन्,’ ती विद्यार्थीले भने ।
त्यस्तै गल्र्स होस्टेलमा बस्ने विद्यार्थीहरूलाई समेत कागजमा हस्ताक्षर गर्नका लागि बोलाइरहेका छन् । घर फर्किन लागेकी एक विद्यार्थीलाई क्यू–४ होस्टेलबाट एक जना महिला कर्मचारीले फोन गरेर फर्किन आग्रह गरेकी थिइन ।
नेपाली विद्यार्थीहरूले आफुहरू बाटोमा रहेको र नेपाल फर्किन लागेको बताए । त्यसपछि ती कर्मचारीले होस्टेल फर्किन र एउटा कागजमा हस्ताक्षर गरेर पढ्न जान भनिन् । त्यसपछि ती नेपाली विद्यार्थीले भनिन्, ‘यो के मजाक हो म्याम । पहिला निकाल्ने, अहिले फर्किनु भन्दै हुनुहुन्छ ।’
त्यसपछि ती कर्मचारीले पहिला त्यस्तै अवस्था भएकाले जान भनिएको र अहिले अवस्था सहज भइसकेकाले होस्टेल फर्किन भनिएको बताइन् । ‘अहिले सबैभन्दा पहिला फर्केर कलेज ज्वइन गर्नु बाँकी कुरा हामी पछि हेरौँला,’ ती कर्मचारीले फोनमा विद्यार्थीसँग भनिन् ।
त्यसपछि ती महिला कर्मचारीले एक/दुई दिन घर गएर घर परिवारसँग भेटेर फर्किन आग्रह गरेकी छन् ।
‘प्रत्येक केटीहरूलाई छात्रावास आउन वार्डनले बोलाइरहेको छ । हामी तिमीहरूलाई होस्टेल आउन सुविधा दिन्छौं भनिरहेका छन् । त्यो गर्दा उनीहरूलाई विद्यार्थी होस्टेलमा छन् भनेर देखाउन सकियो भन्ने हो र अहिलेलाई यो समस्या समाधान गर्न सकियो भन्ने हो,’ विद्यार्थीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
-
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट तीनवटा रंगशालामा
-
कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न
-
निर्णायक आन्दोलनमा जुट्न १५ वटा शिक्षक संगठनहरूको आह्वान
-
हाम्रो पात्रोको नयाँ अपडेट फिचर सार्वजनिक
-
सङ्घीय निजामती सेवा विधेयकको टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन