शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

भारतीय बजारमा छिर्ने तयारीमा छन् मस्क ?

मङ्गलबार, ०६ फागुन २०८१, १२ : १०
मङ्गलबार, ०६ फागुन २०८१

नयाँ दिल्ली । लामो समयदेखि अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला भारतमा छिर्ने तयारी गरिरहेको थियो । तर हरेक पटक कुरा बिग्रिन्थ्यो ।  अब भने उनी भारत छिर्न लागेका हुन् कि भन्ने संकेत मिलेको छ । टेस्लाले लिंक्डइन एकाउन्टमा भारतका लागि १३ पदमा कर्मचारी मागेको छ । 

हालैको अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मस्कबिच भेटघाट भएको थियो । त्यसपछि टेस्लाले आधिकारिक रूपमा कर्मचारी भर्ती सुरु गरेको हो । बिजनेश टुडेमा छापिएको खबरका अनुसार टेस्लाले अर्डर अपरेशन विशेषज्ञ, सर्भिस टेक्निसयन, कस्टरम सपोर्ट स्पेशलिष्ट, बिजनेश अपरेशन्स एनालिष्ट, सर्भिस म्यानेजर, स्टोर म्यानेजर आदि पदपूर्तिका लागि कर्मचारी मागेको छ । 

तर भारतमा टेस्लाको कारखाना खोल्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । कम्पनीले जागिर खुलाएपछि भने छिटै भारत छिर्न सक्ने अनुमान बढेको छ । भारत प्रवेशमा टेस्लाको लागि सबैभन्दा ठुलो बाधा विदेशमा उत्पादित कारमा लगाइएको भारी आयात शुल्क हो । यस विषयमा धेरै पटक कुरा उठेर पनि बिग्रिएका थिए । 

भारत सरकारले यसका लागि एउटा ठुलो कदम पनि चालेको छ, जसअन्तर्गत ४० हजार डलरभन्दा बढी मूल्यका उच्चस्तरीय कारहरूमा आधारभूत भन्सार शुल्क अब ११० प्रतिशतबाट घटाएर ७० प्रतिशतमा झारिएको छ । यो कदम टेस्लाको प्रवेशको लागि पनि सजिलो साबित भइरहेको देखिन्छ । सरकारको नयाँ नीति अनुसार स्थानीय उत्पादनमा कम्तीमा ₹ ४१ अर्ब ५० करोड (५० करोड डलर)  लगानी गर्न प्रतिबद्ध विद्युतीय सवारी साधन निर्माताका लागि आयात शुल्क घटाउने प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप