शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

एचपीभी खोप लगाउने आज अन्तिम दिन

मङ्गलबार, ०६ फागुन २०८१, १२ : ०६
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने आज अन्तिम दिन,  माघ २२ गतेबाट सुरु गरेको अभियान आज समापन हुने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप प्राप्त गरेको मन्त्रालयले जनाएको छ । 

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप