अल्लु अर्जुनको फिल्ममा जान्हवी कपूर भित्रिएको हो ?

नयाँ दिल्ली । २०२४ दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको लागि शानदार रह्यो । उनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा हलचल मच्चायो ।
अब अभिनेता छिटै अर्को फिल्ममा देखिँदैछन् । मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुन निर्देशक त्रिविक्रम श्रीनिवाससँग काम सुरु गर्न लागेका छन् । फिल्ममा केही ढिलाइ भएकाले उनले आफ्नो तालिका परिवर्तन गर्न सक्ने बताइएको छ । अभिनेताले फिल्म निर्माता एटलीको अर्को फिल्ममा काम सुरु गर्न लागेको र यसमा उनीसँगै बलिउड अभिनेत्री जान्हवी कपूरको साथमा देखिन सक्ने बताइएको छ । यद्यपि, अहिलेसम्म आधिकारिक रूपमा त्यस्तो कुनै जानकारी आएको छैन ।
जुनियर एनटीआरसँग देवरामा काम गरेपछि जान्हवी कपूरले तेलुगु दर्शकहरूमाझ राम्रो पहिचान बनाएकी छिन् । यो फिल्मपछि जान्हवीले बुची बाबु साना निर्देशित राम चरणको आगामी फिल्ममा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् । खबरका अनुसार, जान्हवीले अल्लु अर्जुनको फिल्म पाइन् भने उनको यो तेस्रो साउथ फिल्म हुनेछ ।
यतिबेला जान्हवी आफ्नो अर्को फिल्म ‘परम सुन्दरी’को तयारीमा व्यस्त छिन् । यस फिल्ममा उनी सिद्धार्थ मल्होत्रासँग देखिँदै छिन् । यो फिल्म यस वर्षको जुलाईमा सिनेमा घरमा रिलिज हुनेछ । फिल्मलाई तुषार जलोटाले निर्देशन गर्दैछन् । श्रीदेवी र बोनी कपूरकी छोरी जान्हवीले फिल्म धडकबाट डेब्यू गरेकी थिइन् ।
अल्लु अर्जुनले लामो समयदेखि निर्माता–निर्देशक एटलीसँग काम गर्न चाहिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन