२०२० यता पहिलो पटक अस्ट्रेलियाली केन्द्रीय बैंकले घटायो ब्याजदर

सिड्नी । अस्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार ब्याजदर घटाएको छ । चार वर्षभन्दा बढी समययता पहिलो पटक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए)ले ब्याजदर घटाएको हो ।
योसँगै आरबीए पनि ब्याजदर कटौती गरिरहेका अन्य प्रमुख केन्द्रीय बैंकको सूचिमा उक्लिएको छ । महँगी घट्दै गएसँगै पछिल्लो समय धमाधम ब्याजदर घटाउने क्रम चलिरहेको छ । आरबीएले प्रमुख नीतिगत ब्याजदर २५ आधार बिन्दुले घटाएर ४ दशमलव १० प्रतिशतमा झारेको छ ।
ब्याजदरमा गरिएको यो कटौती २०२० को नोभेम्बरयता पहिलो पटक हो । त्यतिबेला कोरोना भाइरसको महामारी चलिरहेको समयमा अर्थतन्त्र सुस्ताइरहँदा आर्थिक गतिविधिलाई टेवा दिन बैंकले ब्याजदर घटाएर कीर्तिमानी न्यून स्तरमा झारेको थियो ।
गएको वर्षको अन्त्यदेखि विश्वका अन्य प्रमुख केन्द्रीय बैंकको तुलनामा मौद्रिक नीति खुकुलो बनाउने कुरामा आरबीए पछाडि रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी