४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणको आजै दिउँसो बोलकबोल हुन लागेको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थाको लागि अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत् ब्याजदर र कबोल रकम पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
यो उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २८ गते हुनेछ । यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने उल्लेख गरिएको छ ।
यो उपकरण केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बोलकबोल बहुब्याजदर प्रणालीमा पनि गर्न सकिनेछ ।
यो निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत