रास्वपा सांसदद्वय श्रेष्ठ र गौतमले सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजे : सभामुखको सचिवालय

काठमाडौँ । सभामुख देवराज घिमिरेको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सुमना श्रेष्ठ र सोबिता गौतमले मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजेको बताएको छ ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सुमना श्रेष्ठ र सोबिता गौतमको सुमना र सोबिताको एगोसेन्ट्रिजम बारे शीर्षकमा सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिने भएमा पनि , मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको बताएका छन् ।
अधिकारीले लेखेका छन्, ‘संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ ।’ अधिकारीले सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने बताएका छन् ।
प्रतिक्रियामा अधिकारीले सांसदद्वय श्रेष्ठ र गौतमले आफूलाई मात्र केन्द्रमा राख्ने तर अरुको दृष्टिकोणलाई बुझ्न नसको आरोप लगाएका छन् । उनीहरूले आफ्नै विचार मात्र साँचो ठान्ने र अरूको मतलाई अस्वीकार गर्ने व्यवहार देखाएको अधिकारीको भनाइ छ ।
अधिकारीले रास्वपा सांसद गौतमले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भइसकेपछि आकस्मिक समयमा बोल्न समय मागेकाले सभामुख घिमिरेले विधेयक पास भइसकेपछि आकस्मिक विषय हुन नसक्ने बताएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय माग्नुभएको थियो । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताउनुभएको थियो । विधेयक पारित गर्नुअघि नै सभामुखले कानूनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उहाँले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग्नुभएको थियो । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्नुहुने भन्नुभएको थियो ।’
त्यस्तै रास्वपाकै सांसद श्रेष्ठले संसद बैठकको जनाउँ घन्टी बजेपछि भारतीय विद्यार्थीको समस्यामा परेको भन्दै बोल्न समय मागेकाले नपाएको अधिकारीले उल्लेख गरेका छन् । श्रेष्ठले उठाउन खोजेको विषयमा रास्वपाको दलीय अनुरोध पनि नआएको अधिकारीले बताएका छन् ।
अधिकारीले लेखेका छन्, ‘फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आउनुभयो । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आउनुभयो । जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो । रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै हुनुहुन्थ्यो । दलीय अनुरोध पनि आएको होइन,’ अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
-
गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात