गौर प्रादेशिक अस्पताल मधेस प्रदेशमा उत्कृष्ट

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल मधेस प्रदेशकै उत्कृष्ट बनेको छ । यस अस्पताल देशको टपटेन अस्पतालको सूचीमा समेत पर्न सफल भएको छ।
मधेस प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षण पछि कार्यसम्पादन मूल्याङ्कनको आधारमा उक्त घोषणा गरिएको हो।
प्रादेशिक अस्पताल गौर मूल्याङ्कनको आधारमा कुल ८९ प्रतिशत मार्क ल्याएर मधेस प्रदेश को ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये टपटेनमा पर्न सफल भएको मेडिकल सुपरटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन्।
प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम लगायत विभिन्न निकायका ७ सदस्यीय टोलीले आइतबार देखी प्रादेशिक अस्पताल गौरको सुक्ष्म तरिकाले छड्के अनुगमन निरीक्षण सुरु गरेको थियो।
अनुगमन निरीक्षण पश्चात् सोमवार साँझ अस्पतालको सभाकक्षमा टोली प्रमुख नर्सिङ प्रशासक नवौँ तह सुनिता गुप्ताको अध्यक्षतामा एक विशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताएका छन्।
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामी सँग गर्ने व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष ,शौचालयको अवस्था, सरसफाइ, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्याङ्कन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले जानकारी दिएका छन्।
कार्यक्रममा बक्ताहरुले केही समय अघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पातालको नामले परिचित भएको थियो। तर बर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुरिटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताएका थिए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहतका प्रशासकीय अधिकृत मनिष झा, मेसु डाक्टर ठाकुर, अध्यक्ष हासमी,स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेस प्रदेश एम एम एस स्कोरिङ टिमका पदाधिकारीहरु, लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।
प्रादेशिक अस्पताल गौरमा यस आर्थिक वर्षको ७ महिनामा विभिन्न जटिल अपरेसन, सघन सेवा सहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ।
गत साउन देखी माघ मसान्त सम्म २६ हजार ९६३ ओपिडी र १७ हजार ३३१ ईमरजेन्सी बिरामीको उपचार भएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ। उक्त अवधिमा १३ हजार ९५८ बिरामीको रगत लगायत विभिन्न परीक्षण,७ हजार ४९८ जनाको एक्सरे भएको छ। त्यस्तै २३ सय ५७ गर्भवती महिलाको नर्मल सुत्केरी र ४२६ जनाको पेटको अपरेसन गरेर सुत्केरी भएको अस्पतालका सर्जन डाक्टर शम्भू कुमार साहले बताएका छन्।
त्यसैगरी ६७ जना बिरामीको हडी सम्बन्धी अपरेसन ,६६ जनाको अन्य अपरेसन,२१ जना बिरामी लाई विभिन्न रोग विरुद्ध थेरापी, अन्य ८५ जना जटिल रोगको उपचार गरिएको उनले जानकारी दिएका छन्।
त्यस्तै प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय किड्नी सम्बन्धी बिरामीको डायलिसिस सेवा पनि सुरु भएको छ। अस्पतालमा रहेको ३ वटा मेशिनको सहयोगले दैनिक बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म १५ जना बिरामीको डायलिसिस भइरहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति