सन्न्यास लिनुअघि छोरासँगै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न चाहन्छन् अलराउन्ड मोहम्मद नाबी

काठमाडौँ । अफगानिस्तानका प्रभावशाली क्रिकेटर हुन्, मोहम्मद नाबी । उनी टोलीका क्षमतावान अलराउन्डर हुन् । उमेरले ४० वर्ष पुगिसकेका मोहम्मद नाबीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने चर्चा लामो समयदेखि चलिरहेको छ ।
तर, नाबी आफैले भने यस विषयमा स्पष्ट रुपमा केही बताएका छैनन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो भविष्यलाई लिएर उनी अझै अन्योलमै देखिन्छन् । बुधबारदेखि सुरु हुने आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणका लागि पनि उनी अफगानिस्तानको टोलीमा परेका छन् ।
पछिल्लो समय उनी आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनलाई अझ केही समय निरन्तरता दिने धुनमा देखिएका छन् । हालै सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिनुअघि आफ्नो छोरासँगै प्रतियोगिता खेल्ने चाहना रहेको बताएका छन् ।
मोहम्मद नाबीका छोरा हसन इसाखिल पनि उदीयमान क्रिकेट खेलाडी हुन् । उनले केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) पनि खेलेका थिए । एनपीएलमा उनी चितवन राइनोज टोलीमा आबद्ध थिए ।
‘च्याम्पियन्स ट्रफी मेरो अन्तिम खेल होइन । म अझै आफ्नो खेलजीवनलाई निरन्तरता दिन चाहन्छु । तर, एकदिवसीय प्रतियोगितामा म युवा खेलाडीहरुलाई अवसर दिने पक्षमा छु,’ यी प्रभावशाली क्रिकेटरले भनेका छन् ।
उनले छोरा हसन इसाखिलसँग क्रिकेट खेल्नु आफ्नो सपना रहेको पनि बताएका छन् । ‘छोरा हसन इसाखिलसँगै अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु मेरो सपना हो । आशा छ, मेरो यो सपना पुरा हुनेछ । हसनले पनि विभिन्न प्रतियोगितामा उत्कउष्ट प्रदर्शन गर्दै आएका छन्,’ मोहम्मद नाबीले भनेका छन् ।
मोहम्मद नाबीले अफगानिस्तानका लागि तीन टेस्ट र एक सय ७० एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले एक सय ३२ टी–२० अन्तर्राष्ट्रिय पनि खेलेका छन् । उनी अफगानिस्तानका लागि पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने र दुई सय ७० भन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिने खेलाडी पनि हुन् ।
उनले टेस्टमा ३३ रन, एकदिवसीय अन्तर्राष्ट्रियमा तीन हजार ६ सय १८ रन र टी–२० अन्तर्राष्ट्रियमा दुई हजार दुई सय ३७ रन बनाएका छन् । यसका अतिरिक्त उनले टेस्टमा आठ, एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय ७२ र टी–२० अन्तर्राष्ट्रियमा ९७ विकेट लिइसकेका छन् ।
मोहम्मद नाबीका छोरा १८ वर्षीय हसन इसाखिलले भने हालसम्म अफगानिस्तानको सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्ने अवसर पाएका छैनन् । यी क्षमतावान युवा खेलाडीले छिट्टै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने सम्भावना देखिन्छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते