स्मृति मन्धनाको उत्कृष्ट अर्धशतकसँगै आरसीबीले दिल्ली क्यापिटल्सलाई हरायो

काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित हासिल गरेको छ । बेंगलुरुले सोमबार राति सम्पन्न आफ्नो दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो ।
जितसँगै बेंगलुरुले अंक तालिकामा आफ्नो अग्रता पनि फराकिलो बनाएको छ । दुई खेलबाट चार अंक जोडेको बेंगलुरु तालिकाको पहिलो स्थानमा आसिन छ । समान खेलबाट दुई अंक जोडेको गुजरात जायन्ट्स तेस्रो र समान खेलबाट समान अंक बटुलेको दिल्ली क्यापिटल्स तेस्रो स्थानमा छन् ।
एक–एक खेल खेलेका मुम्बई इन्डियन्स र यूपी वारियर्सले भने अंक जोड्न सकेका छैनन् । आफ्नो पछिल्लो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ४१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बेंगलुरुले भने १६.२ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ४६ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । बेंगलुरुको जितमा दुबै ओपनर ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । कप्तानसमेत रहेकी स्मृति मन्धनाले ८१ रनको योगदान गरिन् ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएकी स्मृतिले केवल ४७ बलको सामना गरी तीन छक्का र १० वटा चौका पनि हिर्काइन् । अर्की ओपनर डानी हजले पनि टोलीको खातामा ४२ रन थपिन् । उनले ३३ बलमा सात चौका पनि प्रहार गरिन् ।
स्मृति र डानीले ओपनिङ विकेटका लागि एक सय सात रनको उत्कृष्ट साझेदारी गरेका थिए । त्यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीका लागि जेमिमा रोड्रिग्वेजले सर्वाधिक ३४ रन बनाएकी थिइन् । उनले २२ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काइन् ।
सराह ब्राइसीले पनि २३ रन जोडिन् । दिल्लीका लागि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । बेंगलुरुका बलर रेणुका सिंह र जर्जिया वारेहमले तीन–तीन विकेट लिए । किम गार्थ र एकता बिष्टले पनि दुई–दुई विकेट हात पारे । रेणुका सिंह प्लेयर अफ दि म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमरान अकमल भन्छन्– ‘पाकिस्तानको च्यामिपयन्स ट्रफी खेल्ने स्तर नै छैन’
-
जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति
-
सातामा नेप्से ६५.२७ अंकले वृद्धि, पुरानै लयमा फर्किएला ?
-
फिल्म ‘११: ५५’ को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक
-
ट्रम्प भन्छन्-अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो
-
तस्बिरमा हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक