एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
मङ्गलबार, ०६ फागुन २०८१, ०९ : ४५

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन् ।
फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा गंगालाल तुलाधरले जानकारी दिए ।
इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानीराम चौलागाई, निरू खरेल, दीपक धनुके निर्वाचित भएका छन् । दाहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
-
बाटो नै बन्द गरेर त्रिचन्द्र कलेजमा मतदान जारी, तस्बिरहरू
-
बिग बास लिग क्लबले विराट कोहलीको तस्बिर राखेर समर्थकलाई ‘अप्रिल फूल’ बनाएपछि ...
-
प्राधिकरणमा आफूअनुकूल टिम बनाउँदै हितेन्द्र, उच्च व्यवस्थापनको सेट नै परिवर्तन
-
कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा
-
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान