गोरु तस्करी प्रकरण : रातोमाटे चौकीको इन्चार्जमा लुङ्वा
मङ्गलबार, ०६ फागुन २०८१, ०९ : ३२

मकवानपुर । गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ।
यसअघि प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा रहेको सो चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक लुङ्वाको कमाण्डमा चौकीको जिम्मेवारी दिइएको हो ।
गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका इन्चार्ज रहेका कुमार फुयाँलसहित ३ जनालाई हटाएर अनुसन्धान अघि बढाइएको थियो। सोमबार फुयाँलसहित प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तानेर अनुसन्धान थालिएको थियो ।
उक्त घटनामा पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भीम राईलाई ५ हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरासतमा रहेकी अमेरिकी महिला तालिबानद्वारा रिहा
-
सडकमा मान्छे पूर्वराजाको समर्थनमा होइन, सरकारको विरोधमा गएको होः सुदन किराती
-
मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन, दुई जना पक्राउ
-
अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना
-
बालसुधार गृहमा किन हुन्छ बारम्बार झडप ?
-
हैदराबादलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा दिल्ली