बागमती गोल्डकप : आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

मकवानपुर । बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ । गोल्डकप अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा भिड्ने भएका छन् । सातौं संस्करणको गोल्डकप बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।
उक्त टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । गोल्डकपमा दुवै टिम सफल टोली हो । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधि जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय
-
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
-
पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
-
ट्रम्पलाई बालेनको जवाफ– हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद
-
तेलअभिभमा वेष्ट बैंक कब्जाको प्रयास, तीन वटा बसमा बम विष्फोट