शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

मङ्गलबार, ०६ फागुन २०८१, ०८ : २०
मङ्गलबार, ०६ फागुन २०८१

सरोज यादव
सर्लाही । लिटिल बुद्धका नामले चिनिने रामबहादुर बमजनविरुद्ध सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध ८ करोड २७ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायणप्रसाद घिमिरेका अनुसार सोमबार यस मुद्दा दर्ता पनि गरिएको छ।

यसअघि, बमजनविरुद्ध बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ । काठमाडौँस्थित उनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो। उक्त रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?