टोरन्टोमा अवतरणका क्रममा विमान पल्टियो, आगो निभाएर ८० यात्रुको उद्धार, ३ गम्भीर घाइते
मङ्गलबार, ०६ फागुन २०८१, ०५ : ५१

काठमाडौं । क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते भएका छन् । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ । विमान पल्टिएपछि आगो लाग्दै गर्दा यात्रुहरु बाहिर निस्किरहेको देखिएको थियो भने अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो।
क्यानेडियन यातायातमन्त्री अनीता आनन्दले यो गम्भीर घटनालाई आफुहरुले नजिकबाट नियालिरहेको बताएकी छन् । दुर्घटनास्थलबारे थप विवरण आउन बाँकी भए पनि अधिकांश यात्रु सुरक्षित रहेको उनले जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
-
गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात
-
१० बजे १० समाचार : नेपालमा युरोपियन जहाज ल्याउन रोकदेखि पाथीभरा क्षेत्रमा फेरि तनावसम्म
-
स्थानीय पहिचान प्रवर्द्धन गर्न फागुन १० देखि स्वयम्भू महोत्सव
-
अमरेश सिंहको कार्यक्रममा सहभागी भएको भन्दै मन्त्री रायसँग सोधियो स्पष्टीकरण