गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

आज विक्रम संवत २०८१ साल फाल्गुन ६ गते, मंगलबार । ईश्वी सन् २०२५ फेव्रुवरी १८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–षष्ठी, ५५ घडी ३३ पला, बेलुकी ४ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–स्वाती, अहोरात्र । योग–गंड, ४ घडी ३३ पला, बिहान ८ बजेर ३० मिनेट उप्रान्त वृद्धि । करण–गर, दिउँसो ३ बजेर ५० मिनेट उप्रान्त वणिज, रातको ४ बजेर ५४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५६ मिनेट । दिनमान २८ घडी ८ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ४१ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ४२ मिनेटदेखि बिहान ८ बजेर ५ मिनेटसम्म उद्धेग बेला ।
बिहान ८ बजेर ६ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ७ मिनेटसम्म शुभ बेला ।
दिउँसो ४ बजेर ८ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ३३ मिनेटदेखि बेलुकी ७ बजेर ३२ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर ७ मिनेटदेखि बेलुकी ४ बजेर ३१ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ५ मिनेटदेखि बिहान ५ बजेर ५३ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आत्मबल तथा सम्यम्मता गुमाउदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा बिलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) छोटो दुरीको अफिसियल यात्राको योग रहेकोछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा बढुवा तथा स्थानान्तरणको बलियो सम्भावना रहेकोछ । शेयर बजार, निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको लगानीबाट उल्लेख्य नाफा कमाउन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । ऋण, रोग र सत्रुबाट छुटकारा पाइनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । व्यापार, उद्योग तथा शेयर कारोबारबाट आम्दानी बढाउन सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) काम बिग्रने हुँदा राजकीयय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) उद्योग, व्यापार, तथा वित्तीय बजारमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरीको रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरु जनमानसमा लैजा सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) आफन्त साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) व्यापार, उद्याग तथा शेयरबजारको लगानी व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । र, पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) आर्थिक अवस्था उकास्न गरिने क्रियाकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुबाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । शेयर बजार, उद्योगमा गरिने लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,ग) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेकोछ । धार्मिक पुस्तक अध्ययन गरि ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय शुभ रहेकोछ । गीत संगीत तथा कला क्षेत्रमा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।
मीन (दि,,दु,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । लामो समयदेखि प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दापछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?