बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’

सोमबार, ०५ फागुन २०८१, २२ : ४१
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । ‘काठमाडौँ स्कुल अफ ल’ ले युएसएआइडीको सहयोगमार्फत अमेरिकाबाट पुस्तक ढुवानी भएको विषयलाई गलत ढंगले प्रचार गर्ने काम भएको बताएको छ । 

काठमाडौँ स्कुल अफ लको तर्फबाट सहायक प्राध्यापक रूविन श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा कलेज स्थापनाका सुरुवाती दिनहरूमा विद्यार्थीहरूका लागि पुस्तकालयको उचित प्रबन्ध गर्ने क्रममा अमेरिकी कानुन र अमेरिकी अदालतका फैसलाहरू प्रदान गर्न केही अमेरिकी शिक्षाप्रेमीहरु इच्छुक रहेको जानकारी प्राप्त भएपछि ती पुस्तकहरू ढुवानी गरी कलेजसम्म ल्याइपुर्याउने प्रबन्ध युएसएआइडीको सहयोगमार्फत द एसिया फाउन्डेसनले गरेको उल्लेख छ । 

यसअन्तर्गत ती पुस्तकहरूलाई कम्प्युटराइज्ड गरी व्यवस्थापन गर्न र अनलाइन अध्ययन सुविधा प्रवर्धन गर्न एसएआइडीले केही कम्प्युटरहरु समेत उपलब्ध गराई सहयोग पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।  
तर, यही तथ्यलाई नजरअन्दाज गरी  भ्रमित गर्नका लागि काठमाडौँ स्कुल अफ लको वेबसाइटबाट युएसएआइडीको लोगो स्क्रिनसट गरी अन्यथा अर्थ लाग्ने गरी प्रचारप्रसार गरेको पाइएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘ यसरी युएसएआइडी बन्द भएपछि कलेज पनि बन्द भएको आभास हुने गरी कलेज र कलेजका पदाधिकारीहरूको मान प्रतिष्ठामा हानी पुर्‍याउने प्रयासको हामी जोडदार भत्सर्ना गर्दछौं ।’ 

सामाजिक सञ्जालको दुरुपयोग गरी अनर्गल प्रचारप्रसार गर्नेलाई  अविलम्ब यस्तो कार्य  बन्द पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । अन्यथा कानुनी प्रक्रियामा अघि बढ्न बाध्य हुने चेतावनी दिइएको छ । 

खासगरी काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्राडा युवराज संग्रौलाले युएसएआइडी बन्द भएको विषयलाई लिएर दिएको अन्तर्वार्ता र सामाजिक सञ्जालमा प्रकट गरेको अभिव्यक्तिलाई लिएर युएसएआइडीलाई कलेजसँग जोडेर गालीगलौज र व्यक्तिगत एवम् संस्थागत लाञ्छनायुक्त सामाग्रीहरू नियोजित ढंगवाट सम्प्रेषित भइरहेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

ksl

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप