प्रकृति मृत्यु प्रकरण : भैरहवामा हजुरबुबा र हजुरआमा शोकमा

बुटवल । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) की नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेपछि रुपन्देहीको भैरहवामा रहेका उनका हजुरबुवा देवनाथ लम्साल शोकमा डुबेका छन् । ७१ वर्षीय लम्साल नातिनी प्रकृतिको मृत्युको खबर सुनेसँगै शोकमा डुबेका हुन् ।
बैङ्क कनौली घर भएका देवनाथका जेठा छोरा सुनिल लम्सालकी छोरी प्रकृति अध्ययनका लागि भारत गएकी थिइन् । विगत १० वर्षदेखि सुनिलको परिवारले काठमाडौँ टोखामा मसलाका उद्योग सञ्चालन गर्दै आएको छ भने सुनिलका भाइको परिवार जापान बस्दै आएको छ । भैरहवामा भने देवनाथ र उनकी श्रीमती मात्रै बस्दै आएको स्थानीय बलराम शर्माले रातोपाटीलाई बताए ।
मृतक प्रकृतिका फुपूका छोरा शिशिर ढकालले भने, ‘यहाँ हजुरबुवा र हजुरआमा ठुलो पिडामा हुनहुन्छ, भर्खर माइजू पनि आउनुभएको छ । हामी बोल्न सक्ने अवस्था छैनौ । भोलितिर कुरा गरौँला, अहिले सबै शोकमा छौँ ।’
प्रकृतिका एक जना भाइ रहेका छन् । कुनै बेला नेपाल राष्ट्र बैङ्कमा जागिर गरेर सुनिलले काठमाडौँ बसेर छोरा छोरी पढाउने गरेका थिए । प्रकृति सानो छँदै काठमाडौँतिर गएकी हुन् । उनी काठमाडमाडौँबाट एसइई गरेपछि उच्च शिक्षाका लागि भारत गएको पारिवारिक स्रोतले बताएको छ । घटना लगत्तै सुनिल आइतबार काठमाडौँबाट भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरतिर लागेका छन् । प्रकृति केआईआईटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् ।
प्रकृतिको शव अस्पतालमा राखिएको छ । मृतकको मङ्गलवार मात्रै पोस्टमार्टम गरिने भएको छ । परिवारका अनुसार दसैँ बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज पुगेकी उनी घर आएकी थिइनन् रुपन्देहीको तिलोत्तमा बस्ने फुपू सीता ढकालले प्रकृतिलाई मानसिक तनाव दिएर यस्तो घटना भएको दाबी गरिन् । उनले यस्तो गम्भीर घटनालाई कलेजले बेवास्ता गरेका कारण प्रकृतिको ज्यान गएको रातोपाटीलाई बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ
-
‘क्रूर घटनामा सान्त्वना दिन नसक्ने राजा किन चाहियो ?’
-
‘लफंगाहरूलाई जनताको घर जलाउन पठाएर ज्ञानेन्द्रले सम्झौता भंग गरे’
-
कुलमानबारे प्रधानमन्त्रीको जवाफ : अदालतमा विचाराधीन मुद्दामा बहस नगरौँ
-
५० वर्षको उमेरमा महिलाले जन्माइन् १४ औँ सन्तान
-
दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ ७० प्रतिशतसम्म छुट