गोल्डकप खेल्ने १० टिमको टुंगो, विजेताले ११ लाख पाउने

विराटनगर । विराटनगरको ऐतिहासिक ९ औँ संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेदेखि सुरु हुने भएको छ ।
विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म रात्रिकालीन फुटबल प्रतियोगिता हुने जनाएको हो । प्रतियोगिताको तयारी तीव्र बनाएको संयोजक नविन रिजालले जानकारी दिए ।
प्रतियोगितामा विदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका ८ टिम सहभागी हुनेछन् । यसपटकको गोल्डकपमा साउथर्न समिति फुटबल क्लब, कोलकाता, भारत, सुदेभा दिल्ली फुटबल क्लब, भारत र नेपालको थ्रि स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र, एन आर टी, नेपाल ए पि एफ, चर्ज ब्वाइज र आयोजक रिजालको मोरङ एफ.ए. फुटबल क्लब रहनेछन् । मंगलबार १० टिमको टाइसिट पनि तयार हुने रिजालले जानकारी दिए ।
आठौँ संस्करणमा भएको प्रतियोगितामा भन्दा यस पटक गोल्डकपको पुरस्कार राशि बढाएपनि विधागततर्फ भने घटाएको छ । यस पटक विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रष्टले गत वर्षको सातौँ संस्करणको भन्दा पुरस्कार राशि झण्डै आधा घटाएको थियो । सातौँ संस्करणमा विजेतालाई नगद २० लाख १५ हजार र उपविजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । गत वर्ष आठौँ संस्कराण्मा विजेतालाई ९ लाखा १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएर राखिएको थियो । यस पटक बढाएको छ ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वोकृष्ट हुने खेलाडीलाई नगद ५१ हजार रहेको छ । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने गरेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । विगतका भन्दा यस पटक फरक तरिकाले गोल्डकप गर्ने रिजालले बताए । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडि राष्ट्रिय स्तरका कलाकारहरूबाट सांगीतिक कार्यक्रम हुने उनले बताए । खेल हेर्न आउने दर्शकहरू मध्येबाट पाँच जनालाई दैनिक फेस अफ द विराट गोल्डकप छनोट गरी ताज पहिरिने तयारी गरिएको उनले बताए ।
यस पटक विराट गोल्डकप गर्ने जिम्मा ट्रष्टले विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई दिएको हो । ५औँ संस्करण पनि रिजालले नै गरेका थिए । गोल्डकपको ७ र ८ औँ संस्करणमा ठुलो घाटा भएको थियो ।
ट्रष्टको बैठकले ९ औँ संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो । २०७४/०७५ सालमा पनि ट्रष्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौँपछि पहिलो पटक विराटनगरमै रात्रिकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रिकालीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँको बचत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा ९७ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालीन तालिम प्रदान
-
सुरजको अलराउण्ड प्रर्दशनमा शुक्लाफाँटाको पहिलो जित
-
विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन सकेन : मन्त्री दाहाल
-
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
-
पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज
-
तस्बिरमा हेर्नुहोस् वाटरकलर ओडिसी प्रदर्शनी