भारतमा नेपाली छात्राको मृत्यु प्रकरण
नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम चाल्न भारत तत्पर : भारतीय दूतावास
सोमबार, ०५ फागुन २०८१, २० : ५०

काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम तत्पर रहेको जनाएको छ ।
दूतावासले एक विज्ञप्तिमार्फत भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू दुवै देशबिचको जनस्तरको सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको जनाएको छ ।
विज्ञप्तिमा ओडिशाको केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरिएको छ ।
दूतावासले केआईआईटीका अधिकारीहरूका साथै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी गराएको पनि दूतावासले जनाएको छ ।
यस्तै केआईआईटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र होस्टेलमै बस्न आग्रह गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल