नेपाली विद्यार्थीलाई कलेज फर्किन केआईआईटी विश्वविद्यालयको अनुरोध

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कलेज फर्किन अनुरोध गरेको छ । चौतर्फी दबाबपछि एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले घर फर्किन लागेका नेपाली विद्यार्थीलाई कलेज फर्किन अनुरोध गरेको हो ।
विश्वविद्यालयले क्याम्पस छाड्ने योजना बनाएका सम्पूर्ण नेपाली विद्यार्थीलाई फर्केर कक्षाहरू सुरु गर्न अपिल गरेको छ ।
घटनालगत्तै त्यहाँको प्रहरीले दोषीलाई पक्राउ गरेको जनाएको छ । केआईआईटी प्रशासनले शैक्षिक गतिविधिहरू सुरु गर्न सबै प्रयास गरेको विश्वविद्यालयले जनाएको छ ।
यसअघि विश्वविद्यालयले विज्ञप्ति जारी गरेर थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको थियो ।
केआईआईटी विश्वविद्यालयकी नेपाली विद्यार्थी प्रकृति लम्साल आत्महत्या प्रकरणले चर्को रूप लिएको छ । प्रकृति आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ