सीजी मोटर्सले चार्जिङ नेटवर्क मार्फत ईभीको पूर्वाधारलाई थप मजबुत बनाउँदै

नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउने भएको छ। २४८+ जीबीटी र २४+ सीसीएस्-२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै सीजी मोटर्सले विद्युतीय सवारीसाधनलाई अझ व्यावहारिक, सुविधाजनक र सहज बनाउन लागेको हो ।
चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई विद्युतीय साधनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ।
ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले CG Cares App पनि सुरु गर्ने योजना बनाएको छ। यस एपबाट २४/७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बर: +९७७ ९७०७०९४२०७), सर्भिस,पार्ट्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी साथै सीजी संग सम्बन्धित जानकारी लिन सकिने जनाइएको छ ।
नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाडौँको बागडोलमा स्थित प्रमुख सर्भिस सेन्टर मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?