गृह मन्त्रालयले प्रहरी अपरेसनको नेतृत्व गर्ने प्रवृत्ति रोकौँ : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले नेपाल प्रहरीको परिचालन स्वायत्त हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा नेपाल प्रहरी विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सैद्धान्तिक रूपमा प्रहरी परिचालनको नेतृत्व गृह मन्त्रालयले गर्ने प्रावधान स्वभाविक भएपनि अपरेसनको नेतृत्व भने प्रहरी नेतृत्वकै हुनुपर्ने बताए । उनले प्रहरी संगठनलाई जनउत्तरदायी र समुदायमा आधारित बनाउनुपर्ने विषयमा विधेयकमा ध्यान नपुगेको टिप्पणी गरे । नेपाल बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतामुक्त रहेको चर्चा गर्दै उनले स्थानअनुसार अपराधका प्रकृति फरक हुनु भएकाले अपराध नियन्त्रण र अनुसन्धानकार्य नागरिकसँग जोडिएको हुनुपर्ने बताए ।
‘प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा गर्ने काममा नागरिक जोडिनुपर्छ’, पुनले भने, ‘संविधानको धारा ४१ को उपधारा (क) राष्ट्रिय सुरक्षा नीतिको (५) मा राष्ट्रिय सुरक्षा नीतिका आधारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सबै सुरक्षा निकायलाई सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने कुरा छ । विधेयकमा प्रहरीलाई मान अधिकारको पालना र जनउत्तरदायी बनाउने कुरा छुटेको छ ।’
पुनले संसद्ले प्रहरी समायोजन ऐन ०७६ मै पारित गरे पनि हालसम्म कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै प्रहरी ऐन बन्ने र कार्यान्वयन हुनेमै शंका रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’
-
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
-
लेखकीय प्रतिबद्धता र स्वतन्त्रताका चुनौती