बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
अपराध

वडासचिव कुट्ने बन्दीपुर–६ का वडाध्यक्ष गुरुङ पक्राउ

सचिव भुसाललाई भरतपुर रेफर गरियो
सोमबार, ०५ फागुन २०८१, २० : २३
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । वडासचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हान्ने तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् ।  वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए । 

उपरीक्षक शाहीका अनुसार वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न भने पनि सचिव भुसालले कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएकाले विल स्वीकृत गर्न नसक्ने बताएका कुटपिट गरेका थिए । 

तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको अनुमानित लागत तयार नगरिएकोले शीर्षक र खर्च नखुलाएका स्वीकृत गर्न नसक्ने बताएका थिए । सचिव भुसालले प्रहरीसँग घाँटी अँठ्याएर झापड हानेको जानकारी दिए छन् । तर, गाउँपालिकाका अध्यक्षले भने सामान्य वादविवाद भएको जानकारी दिएको उपरीक्षक शाहीले बताए । 

वडासचिवको घाँटी र गालामा निल डाम रहेको उनले जानकारी दिए । भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले दिएको जाहेरीका आधारमा वडाध्यक्ष गुरुङलाई इलाका प्रहरी कार्यालय बन्दीपुरले नियन्त्रणमा लिएको उपरीक्षक शाहीले जानकारी दिए । 

‘वडासचिवलाई उपचारका लागि पठाइएको छ र वडाध्यक्षलाई नियन्त्रणमा लिएका छौँ,’ उपरीक्षक शाहीले रातोपाटीसँग भने,  ‘उजुरीका आधारमा भोलि आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ ।’

गाउँपालिकाका कर्मचारीहरूले वडासचिवमाथि घाँटी नै अँठ्याएर र हातपातसमेत भएकाले कारबाहीको माग गरेका छन् । ज्यानै मार्ने गरी आक्रमणमा उत्रिएका वडाध्यक्षलाई जोगाउन राजनीतिक दबाब आउन सक्ने भन्दै त्यसको सशक्त विरोध गर्ने उनीहरूले जनाएका छन् । 

वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप