बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

भारतका लागि नेपाली राजदूत शर्माले पेस गरे ओहोदाको प्रमाणपत्र

सोमबार, ०५ फागुन २०८१, १९ : २६
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत डा. शर्माले राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेटसमेत गरे ।

भेटघाटको क्रममा राजदूत शर्माले नेपाल–भारतबिचको सम्बन्धबारे चर्चासमेत गरे । उनले ऊर्जा सहयोग, सीमापार सम्पर्क, व्यापार र सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा हालका वर्षहरूमा भएका महत्त्वपूर्ण प्रगतिमाथि प्रकाश पारे ।

सो अवसरमा भारतीय राष्ट्रपति मुर्मुले डा. शर्मा भारतका लागि नेपालको राजदूतको रूपमा पुनः नियुक्त भएकोमा बधाई दिइन् । डा. शर्माको नेतृत्वमा नेपाल र भारतबिचको गहिरो सभ्यतागत सम्बन्ध र बहुआयामिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास पनि उनले व्यक्त गरिन् ।

ss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप