बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री देउवा र ओमानका विदेशमन्त्रीबिच भेटवार्ता

सोमबार, ०५ फागुन २०८१, १८ : ३३
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अलबुसाइदीबिच सोमबार मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । 

आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री डा. देउवा र ओमनी समकक्षी अलबुसाइदीबिच आज सो भेटवार्ता भएको हो ।

त्यस अवसरमा मन्त्री डा. देउवाले सो सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गरेकी थिइन् । 

भेटका क्रममा नेपाल–ओमान सम्बन्धका विविध पक्षका साथै दुई देशबिचका विभिन्न क्षेत्रहरूमा सहकार्यको प्रवर्द्धनका उपायहरूका बारेमा पनि छलफल भएको थियो । 

भेटका क्रममा मन्त्री डा. देउवाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह गरेकी थिइन् ।

यसै सन्दर्भमा नेपाल र ओमानबिच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्ने सम्बन्धी समझ्दारीपत्रमा पनि हस्ताक्षर भएको छ । यस सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्य गर्ने अवसर प्रदान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप