केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर कक्षा सञ्चालन गरिने

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलमा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो । यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूको लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ ।’
केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी थिइन् । मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजदूतावासले लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएकोमा उक्त विश्वविद्यालयले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा ११ जनाले आफ्ना धारणा राखे
-
साँझसँगै मासुचिउरा खाएको साथीलाई बिहान फलामको पाइपले हिर्काएर हत्या
-
उडिसाबाट सुनौली नाका भएर ३६ जना विद्यार्थी नेपाल फर्किए
-
रुख काट्नेलाई कारबाही गर्न कानुनी समस्या, तीनै तहका सरकारको ध्यानाकर्षण
-
निर्मल निवासबाट राजालाई नारायणहिटी पुर्याउन तयार छौँ : अध्यक्ष लिङ्देन
-
अब राजसंस्थाका बारेमा सेनाले निर्णय लिनुपर्ने बेला आयो : रवीन्द्र मिश्र