विपद् प्रभावित परिवारलाई आवास निर्माण गर्न दोस्रो किस्ता रकम निकासा
सोमबार, ०५ फागुन २०८१, १६ : ४४

काठमाडौँ । पश्चिम नेपालमा गएको भूकम्प र २०८१ असोजको बाढी पहिरो प्रभावित परिवारलाई अस्थायी आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको छ । डोटी र जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प तथा असोजको बाढी पहिरोका कारण क्षतिग्रस्त आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको गृह मन्त्रालयले जनाएको छ ।
अस्थायी आवास निर्माण गर्न ७८ हजार ६१० लाभग्राहीलाई पहिलो किस्ताबापत १ अर्ब ९६ करोड र दोस्रो किस्ता बापत ९२ करोड ३३ लाख निकासा गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । असोजमा भएको भारी वर्षाबाट प्रभावित २० जिल्लाका ७१ स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित