बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात
सोमबार, ०५ फागुन २०८१, १६ : ३४

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेका हुन् ।
घिमिरेमाथि हातपात भएको कर्मचारीहरूको भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने समेत अडान लिएका छन् ।
रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा घिमिरेमाथि हातपात भएको जनाइएको छ ।
घिमिरेले वडाध्यक्ष खानले हातपात गरेको आरोप लगाएका छन् । यता वडाध्यक्ष खानसँग रातोपाटीले सम्पर्क गर्न खोज्दा मोबाइल फोन अफ रहेको थियो । घटनालाई लिएर कर्मचारीहरूले अहिले सेवाग्राहीको कामकाज अवरुद्ध पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्वः प्रचण्ड
-
मस्कको ‘डज’ ले बचाएको पैसाको २० प्रतिशत अमेरिकीलाई बाँड्दैछन् ट्रम्प
-
घरेलु मैदानमा उपाधि चुम्ने एकमात्र राष्ट्र
-
मुकुम्लुङ केबलकारकाे विरोधमा राजेन्द्र महतोको पदयात्रा
-
अध्यक्ष नेपाल लगायतका नेताले दिए सापकोटालाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, लम्सीफेदी–चाँगुनारायण प्रसारण लाइनमा अझै अवरोध