उद्घाटन खेलमा बलियो म्यानमारले लेबननलाई हरायो, नेपाल र किर्गिस्तानबिच आजै दोस्रो खेल

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ को सोमबार खेलिएको उद्घाटन खेलमा म्यानमारले लेबननलाई ३–१ गोलले हराएको छ ।
दशरथर रंगशालामा खेलिएको उक्त खेलमा चारवटै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफमा बलियो म्यानमारलाई गतिलो चुनौति दिएको लेबननले दोस्रो हाफमा भने लय गुमाएको थियो ।
निर्धारित समयको ५७औँ मिनेटमा म्यानमारले खेलमा अग्रता लिएको थियो । म्यानमारका लागि पहिलो गोल कप्तान विन थिङ्गी तुनले गरेकी थिइन् । त्यसको तीन मिनेटपछि नै लेबननकी लायला स्कन्दरले जवाफी गोल फर्काएकी थिइन् ।
निर्धारित समयको ७२औँ मिनेटमा म्यानमारका लागि स्वे यी तुनले दोस्रो गोल गरेकी थिइन् । निर्धारित समयको ७५औँ मिनेटमा म्यानमारका लागि सान थले तेस्रो गोल थपेकी थिइन् । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् ।
प्रतियोगिताको दोस्रो खेल सोमबार नै आयोजक नेपाल र किर्गिस्तानबिच खेलिने छ । उक्त खेल साँझ १८ः०० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी हुन राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ सोमबार नै स्वदेश फर्किएकी छन् । साम्बा फ्रान्समा व्यवासयीक फुटबल खेल्छिन् । तर, उनले किर्गिस्तानविरुद्धको पहिलो खेल नखेल्ने बताइएको छ ।
प्रतियोगितामा सहभागी हुन राष्ट्रिय टोलीकी गोलरक्षक एवम् कप्तान एन्जिला तुम्बापो सुब्बा यसअघि नै स्वदेश फर्किसकेकी छन् । उनी ग्रिसको क्लब निस एत्रोमितोउबाट व्यवसायीक फुटबल खेल्छिन् ।
यसैगरी, प्रतियोगिताका लागि राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी रेखा पौडेल पनि दुबईबाट स्वदेश फर्किइसकेकी छन् । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत आयोजना भएको हो ।
एन्फाले प्रतियोगिताका लागि घोषणा गरेको अन्तिम टोलीमा गोलरक्षकको भूमिकामा अञ्जली तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् । रक्षापँक्तिमा अमृता जैसी, गिता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।
यसैगरी, मध्यपँक्तिमा अनिता बस्नेत, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ रहेका छन् । अग्रपँक्तिमा भने सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन