मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

सोमबार, ०५ फागुन २०८१, १५ : ४७
सोमबार, ०५ फागुन २०८१

आबुधाबी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार राति संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेका छन् । युक्रेन र रुसबिच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको माग बढ्दै गएपछि उनी युएई आइपुगेका हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता साउदी अरेबियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने संकेत गरेका थिए । युद्ध सुरु भएदेखि ठूलो सङ्ख्यामा रूसी र युक्रेनी आप्रवासीहरू यहाँ आइपुगेका छन् र विगतमा मध्यस्थता गर्ने अनुभव पनि रहेको छ । युएईलाई लामो समयदेखि शान्ति वार्ताको सम्भावित स्थलको रूपमा हेरिएको छ । जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएपछि जेलेन्स्की अबुधाबी आइपुगेका थिए ।

उनको कार्यालयले जारी गरेको फुटेजमा उनी र उनकी श्रीमती ओलेनालाई आइतबार राति विमानस्थलमा युएईका अधिकारीहरूले स्वागत गरेको देखिन्छ । युद्ध सुरु भएदेखि यो जेलेन्स्कीको युएईको पहिलो भ्रमण हो । ‘हाम्रो सर्वोच्च प्राथमिकता हाम्रा धेरैभन्दा धेरै मानिसहरूलाई कैदबाट मुक्त गर्नु र घर फर्काउनु हो,’ जेलेन्स्कीको कार्यालयले अनलाइन सन्देशमा भनेको छ । ‘हामी लगानी र आर्थिक साझेदारीका साथै ठुला स्तरका मानवीय कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्नेछौँ,’ राष्ट्रपति कार्यालयले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप