बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
सेयर बजार

झण्डै ३० अंकले बढ्यो नेप्से, १० अर्बभन्दा बढीको कारोबार

सोमबार, ०५ फागुन २०८१, १५ : २५
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २ हजार ७२७.९१ को बिन्दुमा पुगेको हो । 

यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब  ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ । 

यस दिन ६ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमा भने नेगेटिभ सर्किट लाग्न पुग्यो । 

नेप्सेका अनुसार सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो भने उपसूचकतर्फ फाइनान्स, ट्रेडिङ र हाइड्रोपावरबाहेक सबै समूह हरियाली भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप