सिंहदरबार निर्माणाधीन संसद भवन कक्षाकोठा जस्तो छ : बजगाईं
सोमबार, ०५ फागुन २०८१, १५ : ०६

काठमाडौँ । कांग्रेस सांसद राजेन्द्र बजगाईंले सिंहदरबारमा बन्दै गरेको संसद भवन कक्षाकोठा जस्तो रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले संसद् भाइब्रान्ट नरहेको र कक्षाकोठाजस्तो रहेको बताएका हुन् ।
उनले भवन निर्माणका क्रममा खाली ठाउँ नराखिएको समेत बताए । सिंहदरबार निर्माणका आर्किटेक जिवितै थिए भने यस विरुद्ध मुद्दामा जानसक्ने उनको कटाक्ष थियो । उनले निर्माण गर्नै नहुने स्थानमा निर्माणाधीन संसद भवन कहिले बन्छ भन्दै प्रश्न समेत गरे ।