शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग फुटबल : आयुष घलानलाई पोखरा थन्डर्सको कप्तानको जिम्मेवारी

सोमबार, ०५ फागुन २०८१, १५ : ०४
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को आगामी संस्करणमा पोखरा थन्डर्सले प्रभावशाली खेलाडी आयुष घलानलाई कप्तानको जिम्मेवारी दिएको छ । अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो सिजन कप्तानको जिम्मेवारी पाएका हुन् ।

आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टमार्फत पोखरामा अनुबन्ध भएका थिए । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका थिए । पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले तेस्रो संस्करणका लागि उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् । 

आयुषले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको बताएका छन् । ‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरा थन्डर्सलाई धन्यवाद दिन चाहन्छु । पोखरालाई सफलता दिलाउन भरपुर परिश्रम गर्नेछु,’ आयुषले भने । 

आयुषले अघिल्लो सिजन पोखराबाट खेल्दै दुई गोल गरेका थिए । पोखरा थन्डर्सले यसअघि नै आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । पोखरा थन्डर्सले आफ्नो मार्की खेलाडी भने मंगलबार सार्वजनिक गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप