चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबिच जग्गाका लागि सम्झौता

काठमाडौँ । चलचित्र विकास बोर्डले आउटडोर स्टुडियो निर्माणका लागि धुलिखेल नगरपालिकासँग १३०० रोपनी जग्गाका लागि सम्झौता गरेको छ । सोमबार धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबिच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो ।
नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्ड सदस्य केवल पीडित, चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्कालगायतको उपस्थिति थियो ।
बोर्ड अध्यक्ष डिसीले जग्गामा बोर्डलेको आउटडोर स्टुडियो निर्माण गर्ने योजना रहेको बताए ।
‘यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ’, उनले भने,‘प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना छ ।’
नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि धुलिखेल नगरपालिकाले हरतरहले सहयोग गर्ने बताए । आउटडोर स्टुडियो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा विकास गर्ने उनले धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै