अमेरिका र रुसबिच कहिले सुरु होला वार्ता ?

वासिङ्टन डीसी । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबिच शान्तिवार्ता सुरु हुन लागेको छ । सञ्चारमाध्यमहरूमा छापिएका खबरकाअनुसार दुई देशबिचको यो वार्ता मङ्गलवारदेखि सुरु हुने दाबी गरिएको छ । अमेरिका र रुसका नेताहरूबिच साउदी अरेबियाको राजधानी रियादमा बैठक हुने भनिएको छ ।
अमेरिकी विदेश मन्त्री मार्काे रुबियो, मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज यतिबेला साउदी अरेबियाको भ्रमणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो भेट छिट्टै हुनसक्ने आशा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि व्यक्त गरेका छन् । तर, यस वार्तामा युक्रेनलाई भने बोलाइएको छैन । यसका कारण युरोपेली नेताहरू संशयमा छन् ।
हालै ट्रम्पले युद्ध अन्त्य गर्ने विषयमा पुटिनसँग फोनवार्ता गरेका थिए । छलफल अगाडि बढाउन दुवैजना चाँडै भेट्ने पनि उनले बताएका थिए । यसपछि युक्रेन युद्ध रोक्ने विषयमा छलफल तीव्र भएको छ । तर, आफूलाई संलग्न नगराइकन हुने युद्धविरामको कुनै पनि सम्झौता आफूले स्वीकार नगर्ने रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि
-
राजसंस्था, राजनीतिक दल र जनता एकैठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द