शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

होटल अगाडि पार्किङ गरेको मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

सोमबार, ०५ फागुन २०८१, १४ : १८
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । होटल अगाडि पार्किङ गरेको मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-९ बस्ने २८ वर्षीय सुरज गुरुङ रहेका छन् ।

काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटी स्थित होटल प्रिस्टिन अगाडि पार्किङ गरी राखेको ग १६ प १३२५ नं. को १६० सीसीको टीभीएस अपाचे मोटरसाइकल गत माघ ११ गते राति अन्दाजी १० बजेको समयमा चोरी भएको थियो ।  जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार अनुसन्धानको क्रममा गुरुङले उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रदेश ३ - ०२-०१२ प ७३७३ नं. को नम्बर प्लेट जडान गरी चलाउँदै आएको खुल्न आएको थियो । 

गुरुङलाई फागुन २ गते काठमाडौँ महानगरपालिका-१७ नयाँ बजारबाट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको उपरीक्षक बोहराले बताए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?