बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

ट्रम्पको चीन नीति के हो ?

सोमबार, ०५ फागुन २०८१, २१ : ००
सोमबार, ०५ फागुन २०८१

सन् २०२४ को अमेरिकी निर्वाचनमा करिब एक हजार जना प्रतिस्पर्धामा थिए । उनीहरू सिनेट (हाउस अफ रिप्रेजेन्टेटिभ)का लागि तथा राष्ट्रपति र उपराष्ट्रपति पदका आकांक्षी थिए । त्यस वर्ष करिब ८० प्रतिशत रिपब्लिकनको चीनबारे नकारात्मक धारणा थियो । अधिकांशको धारणा राम्रो थिएन । थोरै मानिसमात्र सकारात्मक कुरा गर्थे । यी प्रतिस्पर्धीहरूमा एक जना भने चीनबारे यदाकदा राम्रो बोल्ने गर्थे । निर्वाचन दौरान उनका केही प्रतिनिधि भनाइ यस्ता थिए–

‘म चीनको आदर गर्छु ।’

‘म राष्ट्रपति सीलाई धेरै आदर गर्छु ।’

‘राष्ट्रपति सी मेधावी छन् । मैले यसो भन्दा प्रेसका मान्छेहरू मन पराउँदैनन् । जे होस्, उनी मेधावी नै हुन् ।’

‘म चीनले अझै राम्रो गरोस् भन्ने चाहन्छु ।’

‘मलाई चीन मन पर्छ ।’

यस्तो अभिव्यक्ति दिने मान्छे अरु कोही नभएर डोनाल्ड ट्रम्प नै हुन् । अन्य उम्मेदवारले आफ्ना सल्लाहकारले लेखिदिएका लेखोट जस्ताको तस्तै बोले । धेरैजसोको कुरा सन् २०१६ को निर्वाचन ताका ट्रम्पले चीनविरुद्ध बोल्ने कुराजस्तै थिए । जसमा चीनलाई असाध्यै गाली गरिएका हुन्थे । चीनले हाम्रो देशको बलात्कार गरेको, हामीलाई लुटेको तथा हाम्रो बौद्धिक अधिकार चोरेको आरोप लगाउँदै चीनको उदयलाई ‘इतिहासको सबैभन्दा ठुलो लुट’ भएको भन्ने गरिन्थ्यो ।

तर, सन् २०२४सम्म आइपुग्दा यस्तो के भयो ? ट्रम्पले किन आफ्नो बोली फेरे ? किन उनी बारम्बार चीन र सी जिनपिङप्रति सम्मान देखाइरहेका छन् ? किन उनी चीनले राम्रो गरेको देख्न चाहने भन्दैछन् ?

मेरो आकलनमा ट्रम्प आफूले बोलेको कुरामा विश्वास गर्छन् । अहिलेका रिपब्लिकन र डेमोक्र्याटिक दुवै पार्टीका नेताहरूको साझा धारणाभन्दा उनको सोच फरक छ । चीनसँग कसरी व्यवहार गर्ने भन्नेबारे उनी अलि फरक सोच्छन् । अझ सी जिनपिङसँगको व्यवहारबारे अरुको भन्दा उनको सोच अझै भिन्न छ । उनले रिपब्लिकन पार्टीभित्रका चीनप्रति आक्रामक रवैया राख्नेका धारणालाई बुझेर खारेज गरेको हुनसक्छ । ट्रम्पको राज्य सञ्चालनबारे आफ्नै सिद्धान्त हुनसक्छ । त्यो सिद्धान्त वैदेशिक मामलाको संस्थापनसँग अमिल्दो हुनसक्छ ।

म गलत छैन भने अमेरिका–चीन सम्बन्धबारे अहिले चलिरहेका चर्चा र अनुमान धेरै सतही छन् । त्यसमा सत्यको मात्रा थोरै छ । अमेरिकी नीति जगतमा विद्यमान दृष्टिकोण अनुसार ट्रम्पको दोस्रो कार्यकालको चीन नीति बाइडेन प्रशासनको भन्दा कठोर हुन्छ भन्ने छ तर, ट्रम्पले निर्वाचन अभियानताका बोलेजस्तै चीन नीति सञ्चालन गरे भने यसले विश्व राजनीतिमा धेरै ठुलो परिवर्तन ल्याउनेछ । यस्तो धारणा उनको नेतृत्व समूहमा रहेका विदेशमन्त्री मार्को रुवियो तथा राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्जजस्ता चीनप्रति आक्रामक व्यक्तिको विचारभन्दा पनि फरक हुनेछ ।

म गलत छैन भने अमेरिका–चीन सम्बन्धबारे अहिले चलिरहेका चर्चा र अनुमान धेरै सतही छन् । त्यसमा सत्यको मात्रा थोरै छ । ट्रम्पले निर्वाचन अभियान ताका बोलेजस्तै चीन नीति सञ्चालन गरे भने यसले विश्व राजनीतिमै धेरै ठुलो परिवर्तन ल्याउनेछ ।

निःसन्देह गत नोभेम्बर ५ पछिका घटनाहरूले ट्रम्प आफूले बोलेको कुरामै छन् भन्ने देखाउँदैछ । चुनाव जिते लगत्तै उनले आफ्नो कार्यकाल थालनी समारोहमा सी जिनपिङलाई निम्तोमात्रै दिएनन्, यससँगै उनको हैसियत अन्य अन्तर्राष्ट्रिय पाहुनाभन्दा विशिष्ट हुने पनि बताएका थिए ।

लगत्तै डिसेम्बर ७ मा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फ्रान्सेली राष्ट्रपति इम्यानिअल म्याक्रोनसँग नोट्रड्याम चर्चको पुनःसुरुवातको मौकामा साइडलाइनमा भएको भेट लगत्तै अनौठो वाक्यसहितको ट्विट गरेका थिए । उनले युक्रेनमा शान्तिको सन्दर्भमा ‘चीनले सघाउन सक्ने’ उल्लेख गरेका थिए ।


जब निक्सनले किसिन्जरलाई चीनसँग कुरा गर्न बेइजिङ पठाएका थिए, उनको प्रशासनका धेरै मानिस यसबारे बेखबर थिए । तमाम प्रतिकूलताका बाबजुद मलाई लाग्छ– आउँदो वर्षको यसै समयसम्म चीन–अमेरिका सम्बन्धमा आश्चर्यजनक रूपमा सकारात्मक र ठुलो परिघटना भइसकेको हुनेछ ।


संयुक्त राष्ट्रसंघ, नेटो वा भ्याटिकनका पोपको नाम नलिएर चीनको उल्लेख गर्नु आफैँमा रुचिकर सन्दर्भ छ । ट्रम्प र सीबिच भएका पछिल्ला कुराकानीका आधिकारिक लेखोट तथा त्यस लगत्तै सी र पुटिनबिच भएका कुराकानीलाई गहिरिएर हेर्दा म केही नयाँ कुरा भेट्छु ।

मलाई ट्रम्पले सीलाई युक्रेन युद्ध रोक्न वा सम्झौताको माहोल बनाउन लगाउँदै छन् किजस्तो भान हुन्छ । जाँदा–जाँदै बाइडेनले केही दिन टिकटकलाई बन्द नै रहन दिए तर ट्रम्पले आफू भूमिकामा आउनासाथ त्यसलाई सञ्चालन हुने वातावरण बनाए । उनी आफ्नो देशमा रहेका एक करोड ७० लाख टिकटक प्रयोगकर्तालाई उनीहरूको मनपर्ने भिडियो हेर्ने वातावरण बनाउने सम्झौता गराउन सक्नेमा विश्वस्त देखिन्थे ।

पक्कै पनि ट्रम्प राजा होइनन् । न त बादशाह वा मुखिया नै हुन् । चीनको मामिलामा उनका आकांक्षा अन्य निर्णायक पक्षहरू भन्दा नितान्त भिन्न देखिन्छन् । चीन उदाउँदो विश्व शक्ति हो । विश्व रङ्गमञ्चमा चीनले अमेरिकालाई लगभग सबै क्षेत्रमा चुनौती दिइरहेको छ । यस्तोमा सी के चाहन्छन् भन्नेले अर्थ राख्छ ।

यस्तो सैदावाजीमा पक्कै ठुलै लाभको आशा देखिन्छ । पछिल्लो हफ्ता ट्रम्पले आफ्ना छिमेकी क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत भन्सार लगाउँदा पनि चीनलाई भने केवल १० प्रतिशतमात्रै लगाएका थिए ।

पक्कै पनि ट्रम्प केवल एउटा व्यक्ति हुन् । उनी राजा होइनन् । न त बादशाह वा मुखिया नै हुन् । चीनको मामिलामा उनका आकांक्षा अन्य निर्णायक पक्षहरू भन्दा नितान्त भिन्न देखिन्छन् । चीन उदाउँदो विश्व शक्ति हो । विश्व रङ्गमञ्चमा चीनले अमेरिकालाई लगभग सबै क्षेत्रमा चुनौती दिइरहेको छ । पहिलो विश्वयुद्धको कारण बताउने क्रममा विन्स्टन चर्चिलले चर्चा गरेको ‘घातक प्रवाह’ अमेरिका र चीन दुवैको घरेलु राजनीतिमा प्रस्ट देखिने स्तरमा विद्यमान छ । प्रचलित आहानमा ‘एक हातले ताली बज्दैन’ भनेजस्तै यहाँ पनि दुवै पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ ।

आखिर ट्रम्पको इच्छाले मात्रै पनि सबै तय हुँदैन । सी जिनपिङ पनि कति तयार छन् भन्ने कुराको ठुलो अर्थ राख्छ । सन् १९६९ मा रिचर्ड निक्सन अमेरिकी राष्ट्रपति तथा हेनरी किसिन्जर राष्ट्रिय सुरक्षा सल्लाहकार बने । त्यसबेला चीन र अमेरिकाबिच औपचारिक सम्बन्ध पनि थिएन ।

जब निक्सनले किसिन्जरलाई चीनसँग कुरा गर्न बेइजिङ पठाए, त्यसबेला उनको प्रशासनका धेरै मानिस यसबारे बेखबर थिए । उनका विदेशमन्त्रीलाई समेत थाहा दिइएको थिएन । आजको दिनमा त्यस्तै ठुलो आधारभूत रणनीतिक फेरबदल गर्न पक्कै सजिलो छैन ।

यी तमाम प्रतिकूलताका बाबजुद मलाई लाग्छ– आउँदो वर्षको यसै समयसम्म चीन–अमेरिका सम्बन्धमा आश्चर्यजनक रूपमा सकारात्मक र ठुलो परिघटना भइसकेको हुनेछ ।

(द वाशिङ्गटन पोस्टबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ग्राहम एलिसन
ग्राहम एलिसन
लेखकबाट थप