प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी प्रदेशसभामा सम्बोधन
सोमबार, ०५ फागुन २०८१, १३ : ५१

बुटवल । प्रधानमन्त्री केपी ओलीले लुम्बिनी प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् । उनले केहीबेर अघि सम्बोधन सुरु गरेका हुन् ।
सम्बोधनमा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने बताए । उनले सहकार्य गरेर नेपाललाई नेपाली आफैँले बनाउनुपर्नेमा जोड दिए ।
कुनै पनि देश अर्काले आएर नबनाइदिने बताउँदै प्रधानमन्त्री ओलीले नेपालाई पनि हामी आफैँले बनाउनुपर्ने बताए ।
‘ यसअगाडि छिमेकी चीन पनि गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ । प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ ।’
उनले उद्योगहरू स्थापनाका लागि लगानी विस्तार गर्नुपर्ने समेत बताए । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नु तयार रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन