सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

ज्याक माले भेटे चिनियाँ राष्ट्रपति सी जिनपिङ

सोमबार, ०५ फागुन २०८१, १३ : ४८
सोमबार, ०५ फागुन २०८१

बेइजिङ । चिनियाँ राष्ट्र सी जिनपिङले घरेलु अनलाइन खुद्रा कम्पनी अलिबाबाका सह–संस्थापक ज्याक मालाई भेटेका छन् ।

 सोमबार राजधानी बेइजिङमा सिले माको साथमा अन्य प्रविधि कम्पनीका कार्यकारीहरूलाई पनि भेटेका हुन् । यसलाई वर्षौँसम्म प्रविधि कम्पनीहरूमाथि कडाइपछि चीन सरकार व्यवसाय मैत्री बन्न लागेको हो कि भन्ने रूपमा अर्थ्याउन लागिएको छ । 

चीनको सरकारी टिभी च्यानल सीसीटीभीले बताएअनुसार सिले मा बाहेक हुवावेईको संस्थान रन चङफई, बीवाईडीका सीईओ वाङ्ग चुआन्फु, सीएटीएलका सीईको जेङ युकुन र साओमीका सीईओ लेई जुनलाई पनि भेटेका छन् । चिनियाँ स्टार्टअप कम्पनी डीपसिकले नयाँ एआई मोडल लञ्च गरेर एआई जगतलाई तरंगित पारेको केही हप्तामै सिले निजी क्षेत्रका उद्यमीहरूलाई भेटेका हुन् । 

२०२० मा एउटा सार्वजनिक भाषणमा माले चीनको वित्तीय नियामक र सरकारी बैंकहरूलाई गाली गरेपछि अलिबाबा नियामक कारबाहीमा परेको थियो । कम्पनीको फिन्टेक कम्पनीको अमेरिकामा आईपीओ निष्कासन अन्तिम क्षणमा रोक्का गरिएको थियो भने अलिबाबाको शेयर मूल्य घट्दा केही दिनमै माले अर्बौँ डलर नेथवर्थ गुमाएका थिए । 

यो घटना यता मा सार्वजनिक स्थलमा खासै देखिएका थिएनन् । उनी जापानलगायत देशहरूमा बस्दै आएका थिए । चीन सरकारले निजी क्षेत्रका कम्पनीहरूलाई टेवा दिने संकेत बढाइरहेको समयमा भएको मा र सीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप