कोरियाली अभिनेत्री किमको निधन

सोल । दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ । २४ वर्षको उमेरमा फेब्रुअरी १६ मा उनको मृत्यु भएको हो । पूर्वी सोलको सिओङदोङ जिल्लामा रहेको घरमा उनी मृत भेटिएकी छिन् । किमलाई हालै नेटफ्लिक्सको शो ब्लडहाउन्ड्समा देखिएको थियो । किमले बाल कलाकारको रूपमा करियर सुरु गरेकी थिइन् । किमले सन् २००१ मा बाल मोडलको रूपमा डेब्यू गरेकी थिइन् ।
उनको फिल्मी करियर भने २००९ को फिल्म ‘अ ब्रान्ड न्यू लाइफ’बाट सुरु भएको थियो । यतिबेला उनी ९ वर्षकी थिइन् । २०१० मा आएको वोन बिनको फिल्म ‘द म्यान फ्रम नोह्वेर’बाट उनी चर्चामा आएकी थिइन् । छोटो उमेरमै लोकप्रियता कमाएकी किमको लोकप्रियता धेरै टिकेन । २०२२ मा रक्सी खाएर कार चलाएको भेटिएपछि अभिनेत्रीको चालक अनुमति पत्र खारेज गरिएको थियो । यस घटनापछि अभिनेत्रीले हातैले लेखेर माफी पनि मागेकी थिइन् । यो काण्डपछि कयौँ शोमा उनको सिन काटिएको थियो ।
२०२३ को अप्रिलमा किमलाई २ करोड वन जरिवाना पनि तिराइएको थियो । आर्थिक अभावका कारण गएको वर्ष उनले एउटा क्याफेमा काम गर्न थालेकी थिइन् । गएको वर्ष अप्रिलमा दोङचिमी नाटकबाट किमले अभिनयमा पुनरागमन गर्न लागेकी थिइन् । तर स्वास्थ्यलाई कारण देखाउँदै पछि उनले यो नाटकबाट हात झिकिन् । किम अभिनीत फिल्म ‘गितार म्यान’को यतिबेला पोष्ट प्रडक्शनको काम चलिरहेको छ । उनले आफ्नै क्याफे खोल्ने तयारी पनि गरिरहेको उनी निकटका स्रोतले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर
-
हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान
-
कोहली र पाटिदार चम्किँदा बेंगलुरुले मुम्बईलाई दियो २२२ रनको लक्ष्य
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी